‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आज सार्वजनिक बिदा : सेयर बजार, बैंक-वित्तीय संस्था बन्द हुने

काठमाडौ । आज बुधबार सेयर बजार बन्द हुने भएको छ ।

बुधबार (असोज ३ गते) संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । मंगलबार नेप्से सूचक १६.२४ अंकले बढेर १९ सय ८५.४३ बिन्दुमा अडिएको छ । जसमा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : ४६ बजे