‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भक्तपुरबाट १० जना भारतीय जुवाडेहरु पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले जुवातासखेलिरहेको अवस्थामा १२ जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ 

सोमबार बेलुका ६ बजेको समयमा जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ इनाचो स्थितमा हर्क रत्न शाक्यको ४ तले घरको दोस्रो तल्लामा नगद रुपैया हार जित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी अधिकृत सहितको टोलीले जुवातास खेल्न प्रयोग भएका २ बुक तास, नगद रु ७३,७४५/- (त्रियत्तर हजार सात सय पैतालिस रुपैया) सहित जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरु :-

१.देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष २८ को देव परमणि ।
२.देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३३ को कमल शेख ।
३.देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष २५ को देव चुत ।
४.देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३६ को पूर्ण व्रतदले ।
५.देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४९ को मनजित माकि।
६.देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३५ को सुसिल दलै।
७. देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४४ को दिवस हजारा।
८. देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४५ को चन्दन कुदेल ।
९. देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३० को सोरोजित मैती ।
१०. देश भारत पश्चिम बंगाल कोलकोता घर भई हाल जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३५को अनुप दोलही |

पक्राउ परेका भारतीय नागरिकहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ११ : १० बजे