‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

टिपटपले अखाद्य मिठाइ बेचेको भन्दै दुई लाख जरिवाना

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई रु.दुई लाख जरिवाना गरेको छ।

बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा-१७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु.दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो। महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ६ : ०५ बजे