दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

६१ किलो सुन तस्करी प्रकरणमा दिलिपको बयान – डेढ लाख दिन्छु भनेपछि कम्पनी दर्ता गर्न मानेको हुँ

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दिलिपकुमार भुजेलले आफूलाई डेढ लाख दिन्छु भनेपछि आफूले कम्पनी दर्ता गरेको बयान दिएका छन् । 

सुन तस्करी मुख्य रुपमा रेडी ट्रेड प्रालिका नाममा भएको थियो। उक्त कम्पनीबाट मोटरसाइकल र स्कुटरको ब्रे प्याडमा राखेर सुन तस्करी गरिएको थियो।

सो कम्पनीको मालिक उनै भुजेल हुन् । उनले आफूलाई डेढ लाख दिन्छु भनेपछि कम्पनी दर्ता गरेको र त्यसपछिको घटनाक्रम आफूलाई थाहा नभएको बताएका छन् । 

६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ। उक्त अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाइएको छ भने ३ अर्ब रुपैयाँ बढी बिगो दाबी गरिएको छ। 

यस्तो छ दिलिपको बयान
मेरो मामा रामकुमार भुजेलले २०७९ साल फागुनमा फोनमा कुराकानी गरी मलाई हर्कराज राईसँग काठमाडौंको चाबहिलमा भेटाइदिनुभएको थियो।  निज हर्कराज राईले एउटा कम्पनी दर्ता गरिदिएमा नगद एक लाख ५० हजार पाउँछौ भनेकोले उक्त रकम पाउने विश्वासमा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा गई राईले तयार गरी ल्याएको कागजातहरुमा सही गरी कम्पनी दर्ता गरेको हो।

त्यसपछि प्यानमा दर्ता गर्ने, बैंकमा खाता खोल्ने गरेको हो। बैंक खातामा हर्कराज राईले केही रकम जम्मा गरेका थिए। केकति रकम जम्मा गरे मलाई थाहा छैन। कम्पनी दर्ता गरेपश्चात मलाई दिने भनिएको रकम नगद एक लाख ५० हजार हर्कराज राईले दिएका थिए।

कम्पनी दर्ता गर्दा इलेक्ट्रिक सामानहरु ल्याउनको लागि कम्पनी खडा गरेको भनी राईले भनेका थिए। त्यो रेडी ट्रेड प्रालि मेरो नाममा दर्ता गरिएको भनेका थिए। भ्याटमा र एक्जिम कोड दर्ता रहेको वा नरहेको मलाई जानकारी छैन।

मिति २०७९/१२/२८ गते भन्सार विभागमा मेरो नामबाट दिएको निवेदनको बेहोरा र सोमा रहेको दस्तखत मेरो होइन। निज भीमबहादुर मगरलाई चिनेको छैन। मेरो नाम राखी उल्लेखित कीर्ते कागज निज हर्कराज राईले तयार गरी पेस गरेको हुनुपर्छ। भन्सारका कर्मचारीहरु मैले चिनेको छैन।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ३० बजे