आज पशुपतिनाथ मन्दिरमा २ हजार ९६६ प्रहरी परिचालन

काठमाडाैँ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षाका लागि २ हजार ९६६ प्रहरी परिचालन भएको छ।

तीजको दिन आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ। दर्शनार्थीको सहजताका लागि चारवटै प्रवेशद्वार खुला गरिएको छ।

सुरक्षा व्यवस्था चुस्त बनाउन मन्दिर परिसरमा कमान्ड पोष्टको स्थापना गरिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले कमान्ड सम्हाल्ने गरी आइतबार कमान्ड पोस्ट स्थापना गरिएको थियो।

कमान्ड पोष्ट  तीज नसिकएसम्म पशुपति क्षेत्रमै रहनेछ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ११ : ४४ बजे