दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पाल्पामा तीजकाे नाचगान चलिरहँदा युवाहरुबीच झडप,चक्कु प्रहार गरी एक जनाकाे हत्या

पाल्पा । पाल्पाको तिनाउमा गएराति युवाहरुबीचकाे झगडाले उग्र रूप लिँदा एक युवाको हत्या भएको छ ।

तीजकाे नाचगान चलिरहेकाे बेला सामान्य झगडा हुँदा तिनाउ गाउँपालिका-२ दोभान, घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या भएकाे हाे । 

पाल्पा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्ने क्रममा सामान्य झगडा हुँदा ती युवकमाथि धारिलो हतियार चक्कु प्रहार भएको हाे । 

गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्याको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेकाे छ । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ११ : ३० बजे