रौतहटमा मोटरसाइकल वर्कसपमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना गम्भिर घाइते

काठमाडौं । रौतहटमा एक मोटरसाइकल वर्कसपमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुईजना गम्भिर घाइते भएका छन् ।

आज सोमबार बिहान पौने १० बजे जिल्लाको गरुडा नगरपालिका-४ सनमपुर रोडमा धमेन्द्र मोटरसाइकल वर्कसपमा ग्यास विस्फोट दुईजना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ११ : ०४ बजे