‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

विराटनगरको केही स्थानमा दुई महिने निषेधाज्ञा जारी

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको केही स्थानमा दुई महिने निषेधाज्ञा जारी गरेको छ ।

पहिचान पक्षधरले आन्दोलनको तयारी गरेपछि प्रशासनले आज बिहान ६ बजेदेखि दुई महिनासम्म प्रदेश सभा सचिवालयबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जारी गरेको सूचनामा निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३ क) बमोजिम निषेध गरिएको उल्लेख छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ८ : ४१ बजे