पूर्व राष्ट्रपति भण्डारीद्वारा तीजको शुभकामना व्यक्त

काठमाडौँ – पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको शुभकामना ब्यक्त गर्नुभएको छ 

सामाजिक सञ्जाल ट्वीटर आज एक स्ट्याटस लेख्दै पूर्व राष्ट्रपति भण्डारीले नेपाली संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको सुखद् अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले  सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला-संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्न  सबैमा आह्वान गर्नुभएको छ ।

तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्‌किलोपन र खर्चिलोपनले हाम्रा चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउँन सक्दछ । अत: हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा हामी सबै क्रियाशील रहन आवश्यक रहेको औल्याउनु भएको छ ।

यस्तो छ उहाँको स्ट्याटस :

 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : ०० बजे