‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रहरीले सार्वजनिक गर्‍यो तीनकुने हत्या काण्डका अभियुक्त

काठमाडौं – प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैह्रीधारामा भएको सामूहिक हत्याका आरोपितलाई सार्वजनिक गरेको छ।प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमार्फत आरोपित व्यक्ति सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो। स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्दै आएका थिए ।

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आज आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्ड भए पनि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको बतायो ।

गैह्रीधारामामा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । आरोपित सञ्जयले नवीन राईसँको रिसिइबीले चारजनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। बोल्न नसक्ने सञ्जयले प्रहरीसामू लेखेर हत्या गरेको स्वीकार गरेका थिए ।

नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरील जनाएको छ। नवीन राईको हत्या गरेपछि त्यहा रहेका अन्यले प्रहरीलाई बताउने डरले अन्य तीनजनाको पनि हत्या गरेको खुलेको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनु भयो ।  उहाँले घटनास्थलको सीसीटीभी र कपडाको आधारमा पक्राउ गरेको बताउनु भयो।

शनिबार नवीन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ५८ बजे