सुनको मूल्यमा नयाँ कीर्तिमान

१३ वर्षपछि एसिया कपको फाइनलमा आमनेसामने हुँदै भारत र श्रीलंका

एजेन्सी । एसिया कप २०२३ को उपाधिका लागि आज भारत र श्रीलंकाबीच खेल हुँदैछ । विश्वकपअघि यो उपाधि जितेर भारतीय टोली आफ्नो तयारीलाई मजबुत बनाउन चाहन्छ ।

कुनै पनि बहुराष्ट्रिय प्रतियोगिताको फाइनलमा श्रीलंकाविरुद्धको भारतको कीर्तिमान पनि उत्कृष्ट रहेको छ । यस्तो अवस्थामा दासुन शनाकाको टोली श्रीलंकालाई भारतलाई पराजित गर्न सजिलो हुनेछैन ।

एकदिवसीय होस् वा टी–२० एसिया कपको फाइनलमा भारत र श्रीलंका सात पटक आमनेसामने भएका छन् । जसमध्ये भारतले चार खेल जितेको छ भने तीन फाइनलमा श्रीलंकाले जित निकालेको छ । फाइनलमा दुवै टोली आमनेसामने भएको यो आठौं पटक हो ।

यसअघि सन् १९८८ एसिया कप, १९९०र९१ एसिया कप, १९९५ एसिया कप, १९९७ एसिया कप, २००४ एसिया कप, २००८ एसिया कप, २०१० एसिया कपको फाइनलमा भारत र श्रीलंका आमनेसामने भइसकेका छन् ।

भारतले सन् १९८८, १९९०र९१, १९९५ र २०१० को खेलमा श्रीलंकालाई हराएर च्याम्पियन बनेको थियो । यससँगै श्रीलंकाले सन् १९९७, २००४ र २००८ को एसिया कपको फाइनलमा भारतलाई हराएर च्याम्पियन बनेको थियो । १३ वर्षपछि यी दुई टोली फेरि यस प्रतियोगिताको फाइनलमा आमनेसामने भएका छन् ।

अर्कोतर्फ तीन वा सोभन्दा बढी टोलीको प्रतियोगितामा भारत र श्रीलंका अहिलेसम्म १९ पटक फाइनलमा भिडेका छन् । जसमध्ये भारतले ९ फाइनल जितेको छ भने श्रीलंकाले पनि ९ फाइनल जितेको छ । सन् २००२ मा भएको च्याम्पियन्स ट्रफीको फाइनल बराबरीमा टुंगियो र दुवै टोलीलाई संयुक्त विजेता घोषित गरियो ।

पछिल्लो पटक यी दुई टोली २०१४ को टी–२० विश्वकपको फाइनलमा आमनेसामने भएका थिए । जसमा श्रीलंकाले भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

बहुराष्ट्रिय प्रतियोगिताको फाइनलमा आज २० औं पटक भारत र श्रीलंकाका टोली भिड्दैछन् ।

एकदिवसीय एसिया कपमा भारत र श्रीलंका २० पटक आमनेसामने भएका छन् । जसमध्ये १०–१० खेलमा दुबै टोली विजयी भएका छन् । पछिल्लो पटक यी दुई टोली यस वर्ष एसिया कपको सुपर फोरमा भिडेका थिए । जसमा भारतले श्रीलंकालाई ४१ रनले हराएको थियो । यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममै भएको थियो ।

भारतीय टोलीले श्रीलंकासँग घरेलु मैदानमा ६५ ओडिआई खेलेको छ । जसमध्ये भारतले ३१ खेल जितेको छ भने श्रीलंकाले २८ खेल जितेको छ । ६ खेलमा नतिजा आएको छैन । तर, श्रीलंकामा यी दुईबीचको पछिल्लो पाँच ओडीआईमध्ये चार खेलमा भारतले जित निकालेको छ । एकमा दासुन शनाकाको टोली विजयी भयो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  २ : १९ बजे