काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि अन्त्य भएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश, मन्त्रिपरिषदको सिफारीसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख गर्नुभएको छ । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।
प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार ११ : ५५ बजे
प्रतिक्रिया