‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

टोखामा सहरी बजार

काठमाडौँ – कृषकले आफ्नो उत्पादनलाई बजारीकरण गर्ने सुविधा र पहँच नहुँदा ठूलो घाटा व्यहोर्नु परेको छ । यस अवस्थामा उत्पादनलाई उचित मूल्य प्रदान गरी बजारसम्म पु¥याइदिने काम टोखा स्थित टोखा अर्बन फार्मले गरेको छ । 

शनिवार टोखा स्थित टोखा अर्बन फार्ममा इन्भिजन इभेन्ट अर्गनाइजरले आयोजना गरेको टोखा शनिवार बजार (tokha saturday market) मा मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो ।  स्थानीय तथा स्वदेशी समानको प्रवर्धन र बिक्री वितरण गर्न सहज होस् भन्ने हिसाबले आयोजना गरेको उक्त कार्यक्रममा भांग (hemp) बाट उत्पादन गरिएको सामाग्री र खाद्यान्नको प्रदर्शनी र खरिदबिक्री भएको थियो । 

सिकाली कृषिले भांग (hemp) बाट उत्पादित गरेको लिप बाम, ट्यातु बाम, मसाज तेल, क्र्याक क्रिम, तितेपातीको मसाज तेल, लेमन ग्रासको लामखुट्टे भगाउने झोल, क्यामोमाइल चिया, मखमलीको चियाको सामाग्रीहरुमा प्रदर्शन तथा बिक्री वितरण गरेको थियो । 

त्यस्तै मुना बजारले  जुम्लाको स्याउ, डल्लेको पेस्ट, कागुनो, कोदोको पिठो, जौको च्याख्ला, चिनो, रातो आनन्दीको चामल प्रदर्शन तथा बिक्री वितरण गरेको थियो । 

उक्त कार्यक्रम कृषि उत्पादन मात्रै केन्द्रित नभएर स्वदेशी शिप, कला तथा खानेकुराका स्टलहरु पनि राखिएको थियो ।  कार्यक्रममा चित्रकारी,थान्का, भिर माहुरी मह, माटोको भाडा बनाउने, टिशर्टमा विभिन्न बुट्टा तथा तस्विर राख्ने स्टलहरु पनि थिए । 

कार्यक्रममा सहभागी हुन आएका आगन्तुकलाई मनोरंजन प्रदान गर्न ब्लू एसिड (Blue Acid) र शिव ब्याण्ड (shiva band) को सांगीतिक प्रस्तुति र लाखे नाच पनि रहेको थियो । 

 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १० : १८ बजे