साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

दाइजोको कारण विवाह भएन, युवतीले गरिन् सगरमाथामा चढेर विरोध

काठमाडौं । दाइजो प्रथाका कारण विहे नभएपछि एकजना भारतीय युवतीले सगरमाथामा चढेर अनौठो तरिकाले विरोध प्रदर्शन गरेकी छिन् ।

दाइजो प्रथाको विरोधमा सगरमाथा चढ्ने ती महिलाको नाम स्मिता घुगे हो । महाराष्ट्रको पूणेमा बस्ने स्मिता एक पर्वतारोही हुन् ।स्मिताको उक्त यात्राको सुरुआत दाइजो प्रथाको विरुद्धमा भएको थियो । आफ्नै बिहेको कुरा चलेको केटा पक्षबाट १८ लाख भारु दाइजो माग भएपछि उनले त्यसको विरोध गर्दै सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने निधो गरिन् ।

आफ्नो बिहेमा दाइजोमा लाखौं खर्च गर्नुको साटो त्यो पैसा यात्रामा खर्च गर्ने निर्णय गर्दै उनले आरोहण यात्रा सुरु गरिन् ।सुरुमा उनले युरोपको अग्लो शिखर आरोहण गरिन् र त्यसपछि अफ्रिकाको । आफ्नो बिहेका लागि राखेका गहना बेचेर उनले यात्राको लागि खर्च जुटाइन् ।

यात्राका क्रममा उनले आफूजस्तै धेरै महिलाहरुसँग भेट्ने अवसर पाइन् । राम्रो आम्दानी तथा शिक्षा हुँदाहुँदै पनि असल जिवनसाथी फेला पार्न नसकेका धेरै महिलाहरु फेला पारिन् उनले ।

आरोहणबाट फर्केपछि उनले एउटा सामुदायिक मिलन समारोहको आयोजना गरिन् । जहाँ उनीजस्तै युवती तथा महिलाहरुले मनका कुरा साटासाट गरे ।
 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ४ : ३२ बजे