दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चार केजी चरेससहित एकजना पक्राउ

डडेल्धुरा । जिल्ला सदरमुकाममै झण्डै चार किलो चरेस जस्तो देखिने कालो पदार्थसहित एक जना पक्राउ परेका छन् । 

अमरगढी नगरपालिका–८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा बोहराको साथबाट तीन किलो आठ सय ग्राम चरेश भेटिएको हो । बोहराको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १ : १४ बजे