दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौंमा खुकुरी प्रहार गरि चार जनाको हत्या

काठमाडौं – काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ । हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ ।

गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दोलाखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ । घटना गएराति करिब १२ बजेरित भएको प्रहरीको भनाइ छ ।

धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ६ : ५० बजे