‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मालाई अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

न्याय परिषद्ले दोस्रो पटक शर्माको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । समितिले  १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो तर उक्तविरुद्ध कुनै पनि उजुरी परेन ।

शर्माले समितिसमक्ष आफ्नो कार्यकालमा न्यायपालिकाप्रतिको निष्ठा र आस्थालाई कायम राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ओखलढुङ्गा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ३ : ५५ बजे