धरहराबाट उपत्यका नियाल्ने रहर

लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

नोएडा ।  ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् । 

ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे  अनुसन्धान भइरहेको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारवाही एवं उचित उपचार सुनिश्चित गरिएको छ ।

भवन भित्र लिफ्ट जडान भइरहेका बेला त्यो एक्कासी चुडिँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुरक्षा अधिकारीहरूले बताएका छन् । निर्माणस्थलमा सुरक्षाका उपाय नअपनाउँदा तथा कामदार एवं ठेकेदारले लापवाही गर्दा देशमा दैनिकजसो यस्ता दुर्घटना हुने गरेका छन् । बितेका आठ महिनामा मुम्बई महानगरमा मात्र यस्तै प्रकृतिका २४ वटा दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । अघिल्लो वर्ष सोही अवधिमा भएका १४ वटा दुर्घटनामा १९ जनाको ज्यान गएको थियो । 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १ : ०६ बजे