‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

डाक्टर कुटपिट गर्ने दुईजनाविरूद्व प्रहरीमा किटानी जाहेरी दर्ता

मकवानपुर । हेटौंडाको सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने दुईजनाविरूद्व प्रहरीमा किटानी जाहेरी परेको छ ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएका हुन् ।

गत साउन २५ गते ४१ वर्षीय राजेश प्रधान उपाचारका क्रममा मृत्यु भएको विषयलाई लिएर उनका आफन्तले डा. विकास थापा र प्रशान्त विडारीलाई अस्पतालमै कुटपिट गरेका थिए ।

कुटपिट गर्ने मृतक प्रधानकै परिवारका सदस्य अनुप प्रधान र रोहित प्रधानविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १२ : २० बजे