बाबुको मुख हेर्ने दिनमा रक्सी खाएर छोराले गरे बाबुको हत्या

दाङ ।  दाङको घोराहीमा छोराले बाबुको हत्या गरेका छन्  ।  घोराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला  प्रहरी कार्यालय दाङले जनाएको छ  । 

मादक पदार्थ सेवन गरेको छोरा सन्तोष केसीको निर्घात कुटपिटबाट घाइते भएका बाबुको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको  हो ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार हिजो राति ९ बजे तिर  मदिरा सेवन गरिए मातिया छोरा सन्तोषले सामान्य कुरामा बुबा प्रेम बहादुर केसीलाई कुटपिट गरि गम्भीर घाइते बनाएको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि थप उपचारकोको लागि कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहान ३ बजे मृत्यु भएको जानकारी दिनुभयो ।

 कुटपिटमा संलग्न छोरो सन्तोष केसीलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १० : ५७ बजे