साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

दिपक-दिपाको सिनेमा हल आजदेखी सञ्चालनमा

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । 

लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो । 

हल निमार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिईन ।

उद्घाटनको दिन साे सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म 'नाङ्गो गाउँ' र  झरना थापा निर्देशित फिल्म 'एक भागवत  र एक गीता' लाग्नेछ । 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ९ : ४८ बजे