प्रकाशकीय : निरन्तरताको हाम्रो यात्रा नवौँ वर्षमा !

राजमाेती मिडिया प्रा.ली आजबाट  ८ वर्ष पुरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ ।

डिजिटल प्रविधिको प्रयोग गर्दै पाठकहरूका हाते स्क्रिन र कम्प्युटरमा हरेक क्षण भरपर्दा समाचार सामग्रीहरू यथेष्ट रूपमा पुर्‍याइरहेन  उद्देश्य बोकेर स्थापना भएको एक निजी सञ्चार संस्था अनवरत रूपमा सञ्चालन हुनु आफैमा सुखद् कुरा हो । निरन्तर रुपमा आजका दिनसम्म आइपुग्नुमा पक्कै पनि विभिन्न कालखण्डमा विभिन्न भूमिकामा जोडिएका सबै सहकर्मी साथीहरूको अथक परिश्रम त छँदै छ,सँगै यो सफलता समाजका अनेक क्षेत्रको फराकिलो साथ र समर्थनको नतिजा पनि हो ।

बिचारलाई प्रधान मानेर सञ्चालन गरिएको कम्पनीको बिचार प्रधान अनलाइन चक्रपथ डटकम आजसम्म  निरन्तर सञ्चालन हुन सक्नु भनेको हाम्रो अथक प्रयत्नबाट मात्र सम्भव भएको तथ्य हामी यो अवसरमा पुनः स्मरण गर्न चाहन्छौँ । यस क्रममा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने श्रद्धेय पाठक, सृजनशील पत्रकार, लगनशील कर्मचारी,  विज्ञापनदाता/एजेन्सीलगायत सबै शुभेच्छुकमा हार्दिक आभार प्रकट गर्दछौँ ।

वि.सं २०७२ भदौ २८ गतेदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यस अनलाइनले विविध विचारलाई स्थान दिने मात्र  नभई  स्वदेश तथा विदेशमा रहनुभएका  नेपाली जनतालाई सत्य तथ्य सूचना प्रवाह गरिरहेको छ । च्याउझैँ खुलेका अनलाइन र न्यु मिडियाकाे जवानामा निरन्तर र अविचलित रुपमा आफ्नो यात्रा जारी गर्नु सक्नु भनेको हाम्रो   उद्देश्यले मूर्त रूप लिइरहेको हामीले महसुस गरेका छौ । हामीलाई हाम्रा पाठक तथा शुभचिन्तकको असीम माया र सद्भावकै कारण यो अनवरत  यात्रा सम्भव भएको हो ।  

सञ्चालनमा आएका कतिपय  अनलाइनहरू सञ्चालन भएका केही वर्षमै आर्थिक भार धान्न नसकेर बन्द भइरहेको अवस्थामा ‘चक्रपथ डटकम’ लाई नियमित सञ्चालनका लागी सहयोग गर्नुहुने सम्पूर्ण विज्ञापनदाता, पाठकबृन्द, शुभचिन्तक तथा सहयोगीहरूमा यस चक्रपथ डटकम हार्दिक आभार प्रकट गर्दछ ।

अहिले विश्व जगत्‌‌मा भ्रामक सूचना, मिथ्या समाचार र नियोजित प्रचारबाजी होडबाजी चलिरहेको छ ।  यस्तो मिथ्या कारिताका बाछिटा हाम्रो मुलुकमा पनि देखिएका  छन् । यो अवस्थामा हाम्रो मिडिया विश्वसनीय समाचार र अग्रगामी विचारको आफ्नो कर्तव्यबाट डगमगाउनु हुन्न भन्ने हामी ठान्दछौ । सही र सत्यका पक्षमा उभिने यो दायित्व हामीले न हिजो बिर्सेका छौँ, न  भोली,यसमा कुनै किसिमको सम्झौता गर्नेछौँ । हामी कसैको डर, धाक र धम्कीमा नपरी निष्पक्ष रूपमा हाम्रा कलमहरू प्रवाहित गरिरहेका छौँ। जनताको सच्चा पहरेदारका रूपमा हामी सधैँ यसरी नै खटिई रहनेछौ भन्ने कुरा पनि पाठक वृन्द एवम् शुभचिन्तकहरूमा हामी विश्वास दिलाउन चाहन्छौँ ।

हालसम्मको अवधिमा यस अनलाइनबाट भएका कमीकमजोरीहरूलाई सुधार्दै आगामी दिनमा अझै सशक्त रूपमा अगाडी बढ्ने प्रण गर्दछौ । साथै प्राविधिक रूपमा यदि कहीँ कतै यो मिडिया मार्फत उठान गर्नुपर्ने विषयले स्थान नपाएको भए आगामी दिनहरूमा पक्कै पनि त्यसको स्थान अग्रपङ्क्तिमा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौँ ।

‘चक्रपथ डटकम’ ले डिजिटल पत्रिका, तस्बिर र श्रव्य दृश्यका माध्यमबाट सूचना तथा समाचारहरू प्रवाह गर्दै आएको कुरा सर्वविदित नै छ  । राजमोती मिडिया प्रा. ली.को प्रकाशन समूहले निकट भविष्यमा भिडियो अन्तरवार्ता, विभिन्न खोज मूलक तथा अनुसन्धानमूलक सूचना तथा समाचार सम्प्रेषण गर्ने  गरी आफ्नो सञ्चारमाध्यमहरूलाई थप परिष्कृत र परिमार्जन गर्न लागेको हामी जानकारी गराउन चाहान्छाै ।

पत्रिकाको आम्दानीको मुख्य स्रोत भनेकै विज्ञापन हो । विज्ञापनले नै हाम्रो दैनिक खर्च जुटेको हुन्छ । प्रकाशनको सुरुवातदेखि हालसम्म विभिन्न अवस्थामा यस अनलाइनमा विज्ञापन प्रकाशित गरी पत्रिकालाई नियमित रूपमा प्रकाशनमा सहयोग पुर्याउनु हुने सम्पूर्ण विज्ञापनदाता महानुभावहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।

यहाँहरूको साथ,सहयोग र विश्वासले पत्रिकालाई आठौँ वर्षसम्म नियमित प्रकाशन गर्न सफल भएका छौँ,आगामी दिनहरूमा पनि यहाँहरूको साथ,सहयोग र अपार माया यसै गरी रहिरहनेछ भन्ने अपेक्षा लिएका छौँ।

नागरिकका समस्याहरूको समाधान गर्न तथा सम्बन्धित पक्षलाई झकझक्याउन कुनै पनि सन्देह नमानी अहोरात्र रूपमा खटिने प्रण गर्दै आगामी दिनहरूमा आदरणीय पाठकबृन्द, शुभचिन्तक एवम् विज्ञापनदाताहरूको सल्लाहलाई पनि मनन गर्दै अगाडी बढ्नेछौँ । धन्यवाद ।

डेगेन्द्र पाण्डे
अध्यक्ष
राजमाेती मिडिया प्रा.ली.

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ५ : २२ बजे