भावविह्वल पशुपति आर्यघाट 

काठमाडौं । संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाट पुर्‍याइएको छ ।

नेम्वाङलाई अन्तिम बिदाइ गर्न पशुपति आर्यघाट पुगेकाहरू भारी मनका साथ नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् ।

अन्तिम बिदाइ गर्नका उर्लिएको जनसागर थेगिनसक्नुको छ । पशुपति आर्यघाट भावविह्वल बनेको छ । 

नेम्वाङको हिन्दु र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झन्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झन्डा ओढाएर सम्मानसहित अन्तिम बिदाइ गरे । 

दाहसंस्कार गर्नुअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो । नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शीर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको बाक्लो उपस्थिति छ ।

नेम्वाङको मङ्गलवार बिहान हृदयाघातबाट निधन भएको थियो । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  १२ : ४३ बजे