सुवास नेम्वाङलाई बिदाइ गर्न उर्लियो जनसागर,पशुपति आर्यघाट खचाखच

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्तिम बिदाइ गर्न बिहीबार पशुपति आर्यघाटमा जनसागर उर्लिएको छ । 

बिहीबार बिहानबाट उहाँको निवास बालुवाटारबाट सुरु भएको शव यात्रा पशुपति आर्यघाटमा पुगेको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे लगायत राजनीतिक दलका नेताहरू, सुरक्षा अधिकारी, उच्च अधिकारी लगायत सर्वसाधारण समेत नेम्वाङको अन्तिम बिदाइको लागि आर्यघाट पुग्नु भएको छ । पशुपति आर्यघाट क्षेत्र खचाखच भएको छ । 

उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाउनुभएको छ । अन्य नेता तथा उच्च अधिकारीले उहाँको पार्थिव शरीरमा पुष्प गुच्छा चढाएर अन्तिम बिदाइ गर्नुभएको छ । 

पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिँदै छ । नेम्वाङको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । किराँत र हिन्दु परम्परा अनुसार आज उहाँको अन्त्येष्टि हुँदै छ ।

नेम्वाङको मंगलबार बिहानीपख ह्रदयघातको कारण निधन भएको थियो । 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  १२ : २२ बजे