सुवास नेम्वाङको शव पशुपति पुग्याे,राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा  (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको शव यात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।

नेम्वाङको निवास बालुवाटारबाट निकाले सुरु भएको शव यात्रा भर्खरै आर्यघाट पुगेको हो । यसअघि बालुवाटार निवासमै नेपाली सेनाले सलामी दिएको थियो ।

सोमबार राति निधन हुनुभएका उहाँको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको हो । अब केहीबेरमा अन्त्येष्टि कार्य हुनेछ ।

दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उहाँको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।

नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।

राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  १२ : १६ बजे