जबरजस्ती करणी मुद्दामा सिद्धबाबालाई सफाइ

काठमाडौं । अनुयायी महिलामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।

जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणी पोखरेलका अनुसार सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ दिने फैसला भएको हो ।

सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । तर उच्च अदालत विराटनगरले फेरि प्रमाण बुझेर फैसला गर्न भन्दै जिल्लामा नै पठाएको थियो । जिल्लाले दोस्रो पटक उनलाई सफाइ दिएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : ५५ बजे