रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

बुधबार बिहान रजनटारबाट काठमाडौं जाँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका-३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जनकुमार गिरीले  जानकारी दिनुभयाे ।

उहाँका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनालाई एम्बुलेन्स र ४ जनालाई सुमोमा काठमाडौंतर्फ उपचारका लागि पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ। 

बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ३४ बजे