युकेबाट नेम्वाङका जेठा छाेरा पनि काठमाडाैं आइपुगे

काठमाडाैँ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ पनि काठमाडौं आइपुगेका छन् ।

बुबाको निधनको खबर पाएलगत्तै युकेबाट उनी काठमाडौं आएका हुन् । अष्ट्रेलियामा रहेका कान्छा छोरा सुहाङ नेम्वाङ पनि काठमाडौं आइपुगेका छन् । दुवै छोराहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् । 

मंगलबार बिहान हृदयाघातबाट निधन भएका सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिनेछ । सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ३० बजे