दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रेडी ट्रेडले ३२० किलो सुन ल्याएको भेटियो, ५० प्रतिवादी,३ अर्ब ५० करोड बिगो कायम गर्न माग

काठमाडौं। ६० केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

सीआईबीका अनुसार हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेका छन् ।१४ विदेशी र ४ नेपाली फरार रहेको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ ।

सुन तस्करी गर्न खडा गरिएको कम्पनी रेडी ट्रेडले ३२० किलो सुन ल्याएको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । 

सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ०६ बजे