‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सन्दीप लामिछानेको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने

काठमाडौँ । नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ ।

गौशाला–२६ र उनको परिवारको बसाइँसराईको कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

यसअघि गत भदौ २१ गते काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको थियो । आमाको उमेर विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट कागजात माग गरेको थियो ।

स्थानीय तहबाट बसाईसराईको उक्त कागजात आएपछि आगामी पेसी असोज १ गतेका लागि तोकिएको हो ।

सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २६ पटक पेसीमा चढिसकेको छ । उक्त मुद्दाको अन्तिम बहस भनिएतापनि पटक पटक स्थगित हुँदै आएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : ५० बजे