‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोको तुलनामा सुनचाँदीको मूल्य घटेको हो ।

आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम छ ।  

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : २८ बजे