काठमाडौँ । सरकारले विहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।
उहाँको पार्थिव शरीरलाई बेलुका पाँचबजेसम्म उहाँको घरमै राखिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयबमोजिम नेपाली सेनाले नेम्वाङको पार्थिव शरीरको जिम्मा लिने बताइएको छ ।
प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार ७ : ४० बजे
प्रतिक्रिया