रतन टाटाको निधन

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो

काठमाडौँ । १६ दिनदेखि बेपत्ता रहेका नेपाली सेनाको शव शव फेला परेको छ ।

डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत सेनानी विमल पण्डितको मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा शव फेला परेको हो ।

भेरीमा माछा मार्न जाल खेल्दै जानेक्रममा बिहान ६ बजेतिर एक स्थानीयले चिन्ढेबगर नदी किनारमा लास देखेपछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।

दुईवटा ढुंगाको खोल्सामा शव देखेपछि ती स्थानीयले बेपत्ता मेजर हुन् कि भनेर जाल खेल्न छाडेर चौकीमा खबर गरेका थिए ।

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गतेदेखि बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : ४८ बजे