‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नेम्वाङको गृहजिल्लामा शोक – रोङ र माङ्सेबुङ गाउँपालिकामा बिदा

काठमाडाैँ । नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निधनप्रति जिल्लाबासीले शोक व्यक्त गरिरहेका छन् ।

२०५६ सालदेखि निरन्तर इलामबाट चुनाव जितेर संविधानसभा अध्यक्ष, सभामुख र संसदीय समितिको सभापतिसमेत बन्नुभएका नेम्बाङको निधनले जिल्ला शोकमग्न छ ।

नेकपा (एमाले) जिल्ला कमिटीले बिहानै पार्टी कार्यालयमा शोकसभा आयोजना गरेको छ । शोकसभामा जिल्लास्थित पार्टी नेता–कार्यकर्ता र अन्यले उहाँको तस्बिरमा माल्यार्पण गरेका छन् ।

संविधानसभा अध्यक्ष र इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्बाङको निधनमा शोक व्यक्त गर्दै जिल्लाको रोङ गाउँपालिकाले आज एक दिनका लागि शोकबिदासमेत दिएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले विज्ञप्ति जारी गरी शोकबिदा घोषणा गर्नुभएकाे हाे ।

माङ्सेबुङ गाउँपालिकाले पनि आजका लागि पालिकाभर शोक बिदा दिएको अध्यक्ष हेमन्त राईले जानकारी दिनुभएकाे छ ।   

जिल्लाका राजीतिक अभिभावकसमेत रहनुभएका नेम्बाङको निधनमा एमालेमात्र नभइ सबै दल र क्षेत्रका व्यक्तिले शोक व्यक्त गरेका छन् । नेम्बाङको निधनले जिल्लालाई पनि अपुरणीय क्षति पुगेको उनीहरूको प्रतिक्रिया छ ।  

देउमाई नगरपालिकाले पनि नेम्बाङको निधनमा शोक व्यक्त गरेको छ । मेयर तथा एमाले नेता सूर्य पोख्रेलले नेम्बाङ जिल्लाबासी र देशबासीका अभिभावक, आस्था, त्याग र समर्पणका धरोहर भएको उल्लेख गर्नुभएकाे छ । 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  २ : १८ बजे