दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

नेम्वाङकाे श्रद्धाञ्जलीमा पूर्वराष्ट्रपति भावविव्हल

काठमाडौँ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालयमा पुग्नुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बन्नुभएकाे छ ।

एमाले पार्टी कार्यालय च्यासलमा उहाँले आफ्नो आँशु थाम्न सक्नुभएन ।नेम्वाङको पार्थिव शरीरमा माल्यार्पण गर्न च्यासलमा विभिन्न दलका नेता-कार्यकर्ताहरूको भीड लागेको छ । सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि पुग्नुभएकाे छ । सबै स्तब्ध र मलिन अनुहारमा छन् ।

उहाँलाई सम्हालिन कठिन भइरहेको देखिन्थ्यो । पटकपटक रुमालले आँशु पुछिरहनुभएकाे थियाे । 

पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १ : २२ बजे