दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

प्रकाश सपूतको गीतबाट हट्यो ‘भद्दा’ संवाद

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो..’ मा समावेश ‘भद्दा’ संवादलाई हटाएका छन् । गीतको भिडिओको अन्त्यमा सपूत र स्वस्तिमा कार्कीबीचको संवाद विवादित बनेको थियो ।

गायक सपुतका गीत सधैंजसो चर्चा र विवादको केन्द्रमा हुन्छन् । उनले अघिल्लो हिट गीत ‘कुरा बुझ्न पर्च’को नयाँ श्रृंखलाको रुपमा नयाँ गीत ‘जाली रुमाल फाट्यो’ सार्वजनिक गरेका थिए ।

गायिका समीक्षा अधिकारीको आवाजमा रहेको यो गीत युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ र २८ लाख पटक हेरिएको छ । नेपाली फिल्मको मूलधारमा स्थापित दुई अभिनेत्रीहरु आँचल शर्मा र स्वस्तिमा खड्का गीतमा फिचर्ड छन् ।

यो गीतको अन्त्यमा सपुत र स्वस्तिमालाई देख्न सकिन्छ । इन्डिङमा बोलिएको भद्दा संवाद अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । अनावश्यक रुपमा स्वस्तिमालाई भल्गर शब्द बोल्न लगाएको भन्दै सपुत आलोचित बनेका छन् । गीतलाई चर्चामा ल्याउन उनले यस्तो फण्डा मोलेको आरोप पनि छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १२ : २२ बजे