साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु 

नेपालगञ्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

खजुरा गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय पुरुषको गएराति नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । 

उनको कोरोना पुष्टि भएकै दिन मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ५९ पुगेको छ  । 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ९ : ५३ बजे