‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बंगलादेशमा राष्ट्रपतिलाई यस्तो स्वागत (तस्विरहरु)

ढाका –राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइपुग्नुभएको छ ।  बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो। 

नेपाल एयरलाइन्सको विशेष विमानबाट बंगलादेश पुग्नुभएको भण्डारीलाई विमानाबाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो। राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो भने वृक्षरोपण पनि गर्नुभयो 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ५४ बजे