काठमाडौँ । चीन भ्रमणमा रहनुभएको नेकपा एमाले महासचिव शंकर पोखरेल आज नेपाल फर्किँनुहुनु भएको छ ।
संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधन भएपछि महासचिव पोखरेल नेतृत्व आज नेपाल फर्किन लाग्नुभएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उहाँ चीन भ्रमणमा जानुभएको थियो । पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज नेपाल फर्किन लागेको बताइएको छ । आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किन जनाइएको छ ।
टिकट पाएपछि भ्रमण दलको सबै सदस्य फर्किने निर्णय भएको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबै भ्रमण दलको सदस्यको टिकटको व्यवस्थापनको प्रयास भइरहेको छ ।
प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार ७ : ५९ बजे
प्रतिक्रिया