दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

५० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

नेपालगन्ज ।  भारतबाट जुत्तामा लुकाएर ल्याउँदै गरेको ५० ग्राम ब्राउन सुगरसहित दाङका एक किशोर पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय जमुनाहा र लागू औषध नियन्त्रण व्युरो नेपालगन्जको टोलीले सोमबार नेपालगन्ज-१५ जमुनाहा चेकपोस्ट्मा चेकजाँच गर्दा दाङको घोराही उपमहानगरपालिका-११ का २५ वर्षीय संजय नेपालीलाई बायाँ जुत्तामा सेतो प्लाष्टिकभित्र लुकाएको अवस्थामा ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।

नेपालीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : १८ बजे