‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

गृहका १० सहसचिवको सरुवा, ६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृहमन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा रुद्रिसिंह तामाङलाई पठाएको छ।

विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करी प्रकरणमा मन्त्रालय तानिएका थिए । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग अधिकारीको वी–च्याटमा भएको संवाद बाहिरिएको थियो । त्यसपछि उनी मन्त्रालय तानिएका हुन् । त्यसपछि मन्त्रालयले अध्यागमनको महानिर्देशमा तामाङलाई सरुवा गरेको हो।

तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो । उहाँको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव गणेश अर्यालको पनि सरुवा भएको छ। अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ। उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अनर्तराष्ट्रय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ।

रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ।

महोत्तरीका सीडीओ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ। त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ५० बजे