दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सिन्धुपाल्चोकको जुरेमा फेरि झर्‍यो सुख्खा पहिरो, स्थानीय त्रसित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो झरेको छ । जुरेको शीरबाट ठूलो सुख्खा पहिरो झरेको हो । पहिरो झरेपछि जुरे क्षेत्रमा धुलोको ठूलो मुस्लो देखिएको थियो । मध्यान्न १२ बजेतिर डरलाग्ने गरी सुख्खा पहिरो खसेको स्थानीय प्रदीप पौडेलले जानकारी दिए । 

उनका अनुसार अझै पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोका कारण अरनिको राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् । स्थानीय त्रस्त छन् ।

२०७१ मा झरेको पहिरोको माथिल्लो भागबाट एउटा ढिस्को खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मानवीय तथा भौतिक क्षति भने भएको छैन । ‘अहिलेसम्म कुनै किसिमको क्षति भएको विवरण प्राप्त भएको छैन’,जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले भने ।

२०७१ साउन १७ गतेको राति जुरेमा पहाड नै खसेको थियो । राम्चेको इटिनी भीर खस्दा मांखा, कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाएका थिए । त्यसबेला कयौँ स्थानीय घाइते भएका थिए । उक्त ठूलो पहिरो खसेको स्थानबाट ९ वर्षपछि अर्को सुख्खा पहिरो खसेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ६ : ३५ बजे