दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अमेरिका पठाइदिने भन्दै मानब वेचविखन गर्ने गिरोहका नाइके मृदुल पक्राउ

काठमाडौँ । अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानव बेचबिखन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधवार प्रहरीले पक्राउ गरेको हो । 

नेपाली नागरिकहरूलाई युएई (दुबई), थाईलैण्ड, फिलिपिन्स, जाम्बीया, सिंगापुर, हङकङलगायतका देशहरूमा पुर्‍याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा माग गर्ने, एजेन्टले भने जति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरूलाई बेचबिखन गर्ने, बुझाउने जस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो । 

यसअघि पक्राउ कमल तामाङ समेत भएको मानव बेचबिखन तथा ओसारपसार र सङ्गठित अपराधमा ५ वटा मुद्दा दर्ता भई उक्त कसुरमा संलग्न ३ जना अभियुक्तहरू पक्राउ परी अनुसन्धान भइरहेकोमा उक्त कसुरमा निज हस्त गौतम प्रमुख योजनाकार रहेको खुल्न आएको हो । 

उनले मेक्सीकोमा बेस बनाई विश्वासिला ५ जना एजेन्टलाई नेपाल, दुबई, सिंगापुर, फिलिपिन्स, थाईलैण्ड, श्रीलङ्का, कोलम्बिया, लेटिन अमेरिका लगायतका देशहरूमा परिचालन गरेको र पीडितहरूबाट विभिन्न मितिमा अमेरिका पठाइदिने भन्दै अन्य एजेन्टहरू समेतलाई परिचालन गरी २ करोड भन्दा बढी पैसा लिइसकेको खुल्न आएको छ । 

गौतम समेतको संलग्नता भएको उक्त मुद्दामा जम्मा ६ जना पीडितहरू रहेको र २ जना पीडितको उद्धारको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको सो ब्युरोले जनाएको छ । उनी उपर जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिई मानव बेचबिखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १२ : ५९ बजे