दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

धरौटी नबुझाएपछि तत्कालीन अमिन श्रेष्ठ कारागार चलान

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा पक्राउ परेका नापी कार्यालय मैतीदेवी काठमाडौँका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो भने केशव तुलाधरलाई साधारण तारिखमा छाडेको थियो ।

सो क्रममा आरोपी श्रेष्ठ भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्। उनलाई अदालतले सात लाख ५० हजार धरौटी माग गरेको थियो । तर, धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् । अब उनी धरौटी जुटाए मात्र छुट्न सक्छन् । तर धरौटी नबुझाएको खण्डमा फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहन सक्नेछन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १२ : ३२ बजे