दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

क्रिकेटर आसिफ शेखविरुद्ध ‘यौन दुर्व्यवहार’को आरोप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ ।

एक किशोरीले आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक गरेकी हुन् ।

आइतबार साँझ एकाएक सामाजिक सञ्जालमा आसिफ शेखले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक भएको हाे । 

तर निवेदनबारे आफूलाई त्यस कुनै जानकारी नभएको प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले बताए । 

पीडित भनिएकी किशोरीले आसिफसँग सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजान भएको र पछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको बताएकी छन् । आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर ‘अनुचित सहवास’ गर्न खोजेको उनले आरोप लगाएकी छिन् ।

आसिफ नेपाली क्रिकेट टीमका ओपनर ब्याट्सम्यान हुन् । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ११ : २८ बजे