दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कार्यालयभित्रै अश्लील हर्कत गर्ने काजीमानलाई हाजिर गर्न रोक

काठमाडौँ । माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाएको छ ।

लेखा अधिकृत रेश्मा राईसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको  शुक्रवार बसेको बाह्रदशी गाउँ कार्यपालिकाको कार्यसमितिको बैठकले राईलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नस्विकारेको हो । 

१२ भदौमा कार्यालय पुगेका उनले जम्मा दुई दिन मात्रै हाजिर गरेर काठमाडौँ हानिएका थिए । पछि उनी काठमाडौँ भएकै बेला लेखा अधिकृतसँग रेश्मा राईसँग कार्यकक्षमै यौनजन्य क्रियाकलाप गरेको भिडियो बाहिरिएपछि राईलाई कार्यालयमा हाजिर लगाउन रोक लगाएको हो । 

इलामस्थित माईजोगमाई गाउँपालिकामा रहँदा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र त्यहीँको लेखा अधिकृत रेश्मा राईबीच यौनजन्य गतिविधि समेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । 

प्रमुख प्रशासकीय अधिकृत राई सरुवा भएर बाह्रदशीमा पुगेसँगै पालिकाले रेश्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी दिएको थियो ।

तर,अहिले रेश्मा पालिकाको सम्पर्कमा नभएको माइजोगमाई गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १० : ४३ बजे