दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली कांग्रेसका नेता परस्त्रीसहित होटेलबाट पक्राउ

काठमाडौँ । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष एवं नेपाली काँग्रेसका नेता परस्त्रीसहित होटेलबाट रंगेहात पक्राउ परेका छन् । विदुर नगरपालिका वडा नम्बर २ को होटेल दरबार भ्युबाट हरिबहादुर तामाङ पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटना विवरण बताउन नचाहे पनि पक्राउको भने पुष्टि गरेको छ । महिलाको श्रीमानको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । वैदेशिक रोजगारीको सिलसिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेका थिए । महिलाको श्रीमानको सूचनापछि प्रहरीले होटेलबाटै उनीहरूलाई पक्राउ गरेको हो ।

तामाङ गत स्थानीय तह निर्वाचनमा ७९० मतसहित विजयी भएका थिए । उनले नेकपा माओवादी केन्द्रका बुद्धि बहादुर तामाङलाई पराजित गरेका थिए । बुद्धिले ५८२ मत मात्र प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ८ : २० बजे