‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दोहोरो अङ्कले बढ्यो शेयर बजार, १ अर्ब ७ करोड रुपैयाँको कारोबार

काठमाडौं। साताको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (आइतवार) १०.२३ अङ्कले बढेर १९४२.६८ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सूर्योदय वमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो र मेन्छियाम हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमाल दोलखा हाइड्र्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले ओरालो लागेको छ ।

आज ४३ लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ५ : ०७ बजे