दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कैलालीमा एक बालकमाथि हँसिया प्रहार

धनगढी । कैलालीमा एक बालकमाथि हँसिया प्रहार भएको छ।

लम्की चुहानगरपालिका–४ का प्रेमबहादुर विष्टले ११ वर्षीय बालक धिरेन्द्र थापालाई हँसिया प्रहार गरेका हुन्।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर कान्तीराज जोशीका अनुसार भीमबहादुर थापाका ४५ वर्षीय विष्टले धिरेन्द्रलाई हँसिया प्रहार गरेका हुन्। मानसिक रूपमा समस्या रहेका प्रेमबहादुरको प्रहारबाट बालकलाई चोट लागेको छ।

उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको र विष्टलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको जनाएको छ। बालक र प्रेमबहादुर छिमेकी हुन्।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ५ : ०२ बजे