सुनको मूल्यमा नयाँ कीर्तिमान

एसिया कप क्रिकेट : भारतको दुबै ओपनर आउट

काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतले पाकिस्तानविरुद्ध दुबै ओपनर गुमाएको छ ।

कोलम्बोस्थित आर प्रेमदासा मैदानमा टस हारेर ब्याटिङ थालेको भारतले ओपनरद्वय रोहित शर्मा र शुभमन गिलको विकेट गुमाएको हो ।

रोहित ४९ बलमा ५६ रन जोड्दै पेभिलियन फर्किए भने गिल ५२ बलमा ५८ रन जोडेर आउट भए । शर्मालाई शादाब खानले तथा गिललाई शाहिन शाह अफ्रिदीले आउट पारे ।

यो समाचार तयार पार्दासम्म भारत १८.१ ओभरमा २ विकेट गुमाएर १२४ रनको स्थितीमा छ । हाल क्रिजमा विराट कोहली र केएल राहुल छन् ।

एजेन्सी

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ४ : ५२ बजे